'दुनियाँ हो छोरी लाई,हेर्ने नजर फेर छोरी ले नि के के गर्न,सक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो l लेडिज ब्यान्ड भ्यालेन्सियाले गाएको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ l बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सिंहले संगीत भरेका छन् l

नाभा ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् l मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो l सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ l