गायिका अनु अधिकारीको आवाजमा नयाँ गीत ‘मरी भन्दिनु’ इन्टरनेट रिलीज गरिएको छ l रोशन सिंहको शब्द,संगीत समावेश रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन र कुमार राना मिक्सिङ- मास्टरिङ गरेका हुन्।
राज के.सी.को कथा-निर्देशन रहेको भिडियोमा विक्रम बुढाथोकी र अमृता भट्टको अभिनय देख्न सकिन्छ l जीवन पराजुलीले छायांकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् l श्याम कुँवरले कलर गरेको उक्त भिडियोलाई 'ए प्लस' नामक युट्युब च्यानल बाट रिलिज गरीएको हो l