ब्यान्ड च्याम्पियन रियालिटी सो आयोजना हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको यस रियालिटी सो लाई लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्ट कम्पनी आयोजना गरेको हो l सोमा पहिलो हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । टाइटल विजेताले सात मुलुकमा प्रस्तुति दिने मौका पाउनेछ । फस्ट रनरअपले ६ लाख पाउनेछ । सेकेन्ड र थर्ड रनरअपले ४–४ लाख रुपैयाँ पाउने भएका छन् । माघ १ गतेदेखि एपीवान टेलिभिजनबाट सो प्रसारण हुने जनाइएको उक्त सो मा निर्णायकको रूपमा रक गायक रविन तामाङ, ड्रमर देव राना र गिटार माएस्ट्रोका ज्योति घिमिरे रहेका छन् । बिहीबारदेखि काठमाडौँको वनस्थलीमा भौतिकरुपमा अडिसन सुरु हुँदै छ ।