भीमसेन लामाको निर्देशनमा निर्माण भएको हरर फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई फिल्ममा देख्न सकिन्छ । फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ । फिल्म  यसै बर्षको पुष १६ मा रिलिज हुँदै छ l