आज शुक्रबारबाट हलहलमा नेपाली चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ । सिंगल रिलिज पाएको ‘ए मेरो हजुर २’ नेपालभर करिब ९० वटा हलमा प्रदर्शन हुदैँ छ । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियर सो गए राती काठमाडौँको कुमारी हलमा सम्पन्न गरिएको थियो । चलचित्र हेर्ने सिने नगरीका चर्चित अनुहारको भव्य उपस्थिती रहेको थियो । हेर्नुस कलाकारहरुको प्रतिक्रिया :-

 

साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्र ‘ए मेरो हजुर २’मा सामान्य लभ स्टारीलाई समावेश गरिएको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।