मोडेल नीराजन प्रधान र रुबिना थापाको अभिनयका नयाँ म्युजिक भिडियो रिलिज भएको छ l 'उठ्न सकिन्छ' बोलको गीतमा पुष्पन प्रधानको आवाज र दिनेश अधिकारीको शब्द रचना रहेको छ l गायक पुष्पनकै लय सिर्जना रहेको गीतको भिडियोलाई सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका छन् l
बाबु श्रेष्ठको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन भिडियोमा रहेको छ l ओ एस् आर डिजिटल युट्युब च्यानल मार्फत भिडियोलाई हेर्न सकिन्छ l