'पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२' हुने भएको छ । पत्रकार सम्मेलनका बिच टुर हुने कुराको जानकारी गराइएको हो । एप्रीलबाट जुनसम्म हुने यो टुरको जापानबाट सुरु हुँदै युरोपका केही देश र युएसएमा गएर कार्यक्रम समापन हुने छ l पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठको अनुसार यस पटक यकहरु संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसंगै गायिका द्वय मेलिना राई र तृष्णा गुरुङ पनि विभिन्न देशमा जानेछन् । चिल्ड्रेन वेलफेयर नामक संस्थाको च्यारीटीको लागि आयोजना गरिएको कार्यक्रममा यस अघि सुगम पोखरेल, वर्षा राउत र तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिएका थिए । यस कार्यक्रमको आयोजना किरण श्रेष्ठ हुन् l टुरबाट भएको नाफाको ८०% रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारीटी गरिने छ l हरेक वर्ष आयोजना गरिने उद्द्यस्यका साथ सुरु गरिएको कार्यक्रम कोरोनाका कारण रोकिएको थियो l