अभिनेता राजेश हमालले महिला फुटबल खेलाडी अस्मिता रनपललाई केही रकम हस्तान्तरण गरेका छन् l ‘मेची-महाकाली बुहारी संयुक्त आवाज’को तर्फबाट हमालले रनपललाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । गत बिहीबार आफू अभिनीत म्युजिक भिडियो रिलिज गर्न राखिएको कार्यक्रममा राजेशले सहयोग गरेका हुन् l आर्थिक अवस्था कमजोर भएको भन्दै भोलिको दिनमा खेल खेल्न झनै हौसला मिलोस् भनेर संस्थाले रकम हस्तान्तरण गरेको हो । उक्त रकम महानायक हमालको हात बाट ग्रहण गर्न पाउँदा आफू निक्कै नै भाग्यमानी महसुस गरेको खेलाडी अस्मिताले कार्यक्रममा बोलेकी थिइन् l