महानायक राजेश हमालको  अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘डाँडा पारी’ इन्टरनेट रिलिज गरिएको छ ।  रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् । अभिनाश डिसी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका छन् l

राजेशलाई अभिनयमा गीता ढुंगानाले साथ दिएकी छिन् l सार्वजनिक भिडियोलाई 'यमु शर्मा क्रिएसन' नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l