नेटफिल्क्सले निर्माण गरेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स’ले  विश्व कीर्तिमान राखेको छ । हाल सम्म उक्त डकुमेन्ट्रीलाई नेटफिल्क्समा १२.१७ मिलियन घण्टा हेरिएको छ । नेटफिल्क्सका अनुसार नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म यो फिल्म प्लेटफर्मकै इतिहासमा सर्वाधिक हेरिने डकुमेन्ट्री बनेको हो l कीर्तिमान नेपाली आरोही निर्मल पूर्जाको हिमाल आरोहणको विषयलाई लिएर नेट्फ्लिक्सले निर्माण गरेको डकुमेन्ट्री ४५ वटा मुलुकमा यो फिल्म सर्वाधिक हेरिने उत्कृष्ट १० मा पर्न सफल भएको छ । यो फिल्मले विश्वभरबाट राम्रो समीक्षा समेत बटुलेको छ । साथै नेटफिल्क्समा हेरिने फिल्मको सातौँ स्थान पनि ‘फोर्टिन पिक्स’ले ओगटेको छ l