पुस २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । चलचित्रले ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

'चपली हाईट ३'मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ ।

चलचित्रलाई स्टेसन फाइभले काठमाडौं र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।