फिल्म ‘फिच्यो’ (कान्छी छोरी) को विशेष प्रदर्शन हुने भएको छ । नेपाल र अमेरिकामा एकसाथ फिल्म विशेष सो का साथ प्रदर्शन गर्न लागिएको हो l नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण फिल्मको ल्होसारको अवसर पारेर  काठमाडौँको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसिएसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । फिल्म आगामी पुस ३ प्रदर्शनमा आउँदै छ l फिल्ममा विश्वास गुरुङ, इन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिड शेर्पा लगायतको अभिनय छ । निर्देशक विकास घलेको निर्देशन रहेको फिल्मलाई रेड ओसिएन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो l फिल्मको सम्पादन पनि निर्देशक घलले नै गरेका हुन् । बिग्रँदो सामाजिक परिस्थितिले मिहेनती युवालाई कसरी असर पुर्‍याउँछ भन्ने फिल्मको मूल कथा रहेको छ l फिल्ममा विकास घलेको कथा, प्रकाश गुरुङ (काश) का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत रहेको छ । गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन, संस्कृतिमाथि आधारित भएर ‘फिच्यो’ निर्माण भएको हो ।