रियालिटी सो 'हिमालय रोडिज'को चौथो सिजन  आज बाट प्रसारणमा आउने भएको छ l गत आइतबार निर्माणपक्षले काठमाडौँमा पत्रकार सम्मेलन गरी हरेक सोमबार बेलुकी ८ बजेबाट ‘हिमालय रोडिज’ प्रसारण हुने जानकारी गराएको हो । पहिलेको सिजन भन्दा अलिकति फरक भएता पनि ’ शोको अन्य फर्म्याट भने पुरानै रहेको छ lअनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष् राना लाहुरे र समन श्रेष्ठ ग्याङ लिडर रहेका छन् ।‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो । यस कार्यक्रमका निर्देशक रहेका छन् अमन प्रताप अधिकारी l कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट पहिलो संस्करण देखी नै प्रसारण हुँदै आइरहेको छ  । रोडिजको तेश्रो सिजनका विजेता सुजन सुवेदी रहेका थिए l