यस वर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । गएराती इजरायलको एयलाटमा भएको ७० औँ मिस मिस युनिभर्सको ताज सन्धुले शिरमा पहिरन सफल भएकी हुन् l सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाले उनलाई क्राउन पहिराएकी हुन् l यसै गरी मिस मिस युनिभर्सको ग्रान्ड फिनालेमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए । यस वर्षको मिस युनिभर्समा नेपालकी सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । उनले भने १६ मा आफ्नो स्थान बनाउन सफल भएकी हुन् l सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गरेकी थिइन्।