कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । निर्माण युनिटले कलेज कै प्राङगडमा फिल्मको शुभ साइत गरेको हो l निर्देशक सुवर्ण थापाले ‘म’ को निर्देशन गर्नेछन् । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करण सिंह हुन् । फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने छ l आगामी पुस ११ गतेबाट छायांकन सुरु हुने फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नीराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ । यस अघि निर्देशक सुवर्णले 'सुनगाभा ' नामक फिल्म को निर्देशन गरेका थिए l