अभिनेता सलिनमान् बनिया विवाहको तयारीमा छन् । यसै वर्ष प्रेमिका अस्प्रिना श्रेष्ठ सँग उनले लगन गाँठो कस्न लागेको खबर बाहिरिएको छ । यस बारे यी दुईको परिवारले पनि एक होटेलमा भेटघाट गरेका थिए । स्रोतले दिएको जानकारी अनुसार, सलिनमान र अस्प्रिनाको यसै वर्ष विवाह हुने सम्भावना प्रबल छ । अस्प्रिना पेशाले इन्टरनेशनल मेकअप आर्टिस्ट हुन् । सलिन ८ वर्षयता अस्प्रिना श्रेष्ठको प्रेममा छन् ।