नेपाली सिरियल इतिहासमै 'भद्रगोल' ले १ करोड भ्युजको आँकडा पार गरेको छ l हाल सम्म जति नै चलेका सिरियलले पनि त्यति भ्युज पाउन सकेको छैन l दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ । आफूहरूको लेखन तथा निर्देशन रहेको टेलिसिरियलले युट्युबमा १ करोड बढी भ्युज पाएसँगै कुमारले खुसी व्यक्त गरे l ‘आफ्नो लेखन, निर्देशन एवं अभिनय रहेको सिरियलले करोड क्लबमाथि प्रवेश गर्नु वा सुरुवात गर्नु सर्जक एवं कलाकारका लागि खुसीको कुरा रहेको कलाकार जिग्री (कुमार कट्टेल) ले व्यक्त गरेका छन् l मिडिया हब सँग मन मनमुटाब भए पछि यो सिरियल अहिले 'सक्किगोनी' नाम बाट प्रसारमा आइ रहेको छ l सिरियलमा कुमार र अर्जुनसँगै सागर लम्साल, हरिस निरौला, गोविन्द कोइराला, कमलमणि नेपाल, दीपक आचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ l