किम्फ फेस्टिभल १९ औँ संस्करण सम्पन्न भएको छ ।  महोत्सवमा छायाँकर विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो ‘गड्ज बफ्यालो’ अर्थात् ‘भगवानको भैँसी’ले सर्वोत्कृष्ट पर्वतीय फिल्मको अवार्ड जितेको छ । अवार्डसँगै सिनेमाले १ हजार अमेरिकी डलर प्राप्त गरेको छ । सिनेमाले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा समेत अवार्ड जित्दै ७५ हजार रुपैयाँ हासिल गरेको छ । फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए । कोरोनाका कारण यस पटक भौतिक उपस्थिति र अनलाइन माध्यमबाट हाइब्रिड शैलीमा किम्फ आयोजना गरिएको थियो । फिल्म विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कल्पितलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै महोत्सवमा नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित सिनेमा ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान सिनेमा बन्यो । अवार्डसहित सिनेमाले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ । यसै गरी नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ दोश्रो ,अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका ,अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जितेको थियो lपाँचदिनसम्म फिल्म  विकास बोर्डमा आयोजना भएको किम्फमा डोमिनिक बुस र जोन पोर्टर निर्देशित फिल्म ‘एभरेस्ट  बाइ दोज हु वेयर दियर' प्रदर्शन गरेर किम्फ समापन गरीएको थियो l