ओे.एस्.आर डिजिटल मार्फत रिलिज भएको १९ घण्टामा फिल्म 'कबड्डी कबड्डी कबड्डी’ लाई ९ लाख माथि दर्शकले हेरेर ट्रेन्डिङमा ल्याएका छन् l फिल्मले अहिले युट्युबको ६ औ स्थान ओगटेको छ l रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय रहेको छ ।
यसमा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी रहेको छ भने निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले कथा तयार पारेका हुन् । निर्देशक गुरुङ अहिले कबड्डी को अन्तिम सिक्वेलमा व्यस्त छन् l