यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को हिन्दी  संस्करणको गीत रेकर्डको काम पुरा भएको छ । गीतमा भारतका चर्चित गायक गायिकाहरूले आवाज दिएका छन् l  फिल्ममा राहत फतेह अलि खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ । निर्माता निर्देशक सन्तोष सेनले उक्त कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् lफागुन १३ गतेबाट देशभर रिलिज हुने फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ । फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।