हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्स अफिसमा २१ हजार ९१५ वटा टिकट विक्री गरेको छ l शुक्रवार र शनिवारको लागि उक्त टिकट बिक्री भएको हो टिकट विक्री बराबर ७६ लाख ७० हजार २५० रुपैयाँ ग्रस कमाइ गरेको छ । क्यूएफएक्सका सिभिल, लबिम, छायाँ र भक्तपुरको भाटभटेनीमा सबै सोजका टिकट विक्री भैसकेका छन् । मंगलबार मध्यान्हसम्म ४ हजारभन्दा बढी टिकट विक्री भएका छन् । नेपाली बक्स अफिसमा गरेको यो एडभान्स-सेलको पहिलो कीर्तिमान हो । भोलि बाट रिलिजको तयारीमा रहेको यो मार्भल स्टुडियोको प्रतीक्षित फिल्म हो l फिल्ममा टम हल्यान्ड स्पाइडरम्यान बनेका छन्। यो सन् २०१७ मा रिलिज भएको ‘स्पाइडरम्यान:होमकमिङ’को दोस्रो शृङ्खला हो।