बलिउड फिल्म फेयर अवार्ड नेपालमा आयोजना हुने भएको छ l यस बारे केही सल्लाह र सुझाव लिन भारतका बलिउड टोली नेपाल आउँदै छन् l बुझिए अनुसार यस बारे पर्यटन मन्त्री प्रेमबहादुर आले र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल हुने छ l अवार्ड आयोजना सम्बन्धमा पर्यटन मन्त्री प्रेमबहादुर आले र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्न फिल्म फेयरका दुई जना प्रतिनिधि आगामी साता काठमाडौँ आउँदै छन् । मुम्बईबाट आउने फिल्म फेयर प्रतिनिधिले सञ्चार र पर्यटन मन्त्रीलाई अवार्ड आयोजनाबारे प्रस्ताव समेत पेस गर्नेछन् l यसअघि नेपालमा गर्ने भनिएको बलिउडको अर्को चर्चित अवार्ड आइफा विवादकै कारण स्थगित भएको थियो । सलमान खानको दबंग टुर पनि विवादले रोकिएको थियो । फिल्म फेयरले काठमाडौँ वा पोखरामध्ये कुनै एक ठाउँमा अवार्ड आयोजना गर्न खोजिरहेको छ l