फिल्म ‘गोर्खा वारियर २’ का मुख्य अभिनेता रितेश चाम्स घाइते भएका छन् । सिन खिच्ने क्रममा भिर बाट खसेर उनी घाइते भएका हुन् l हिरो खसेको एक्सन दृश्य छायांकन गर्नुपर्ने सिक्वेन्समा यस्तो दुर्घटना हुन पुगेको हो l फिल्म सेटमा उक्त दुर्घटना भएपछि बुधवार दिउँसोसम्म छायांकन अवरुद्ध भएको थियो । घाँटीमा गहिरो चोट लागेको र स्थानीय स्वास्थ्य केन्द्रमा हाल उनको उपचार भैरहेको निर्माण युनिटले बताएका छन् l   मंसिर ९ गतेदेखि सिन्धुलीदेखि सुरु भएको गोर्खा वारियर २ को ४० प्रतिशत छायांकन सकिएको छ l फिल्ममा मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन बिसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ । यो फिल्मको  छायांकन मलेसिया, बेलायत र नेपालमा हुनेछ । मिलनले ‘गोर्खा वारियर’ निर्माण अगाडि नै यसको दोश्रो सिरिज बनाएका हुन् l