र्‍यापर बालेन शाहले मेयरमा उठ्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत काठमाडौँ महानगर पालिकाको मेयरमा उठने शाहले जानकारी गराएका हुन् l उनले लेखेका छन्, 'अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैँ बचाउँछौँ ।'पेशाले स्ट्रकचरल इन्जिनियर रहेका उनले आगामी चुनाव जनता खुसीको लागि उक्त कदम चालेको उनको भनाइ छ l सबैले खोक्रो आश्वासन दिएर जनतालाई मुर्गा बनाएको आक्रोश पोख्दै अब आफूले गरेर देखाउने उनको सोच् हो l मलाई शक्ति चाहिँदैन थियो होला । तर शक्तिमा गएर मैले जनताका लागि केही गर्न सक्छु कि भन्ने उनको सोचाइ हो ।' लगभग ३/४ वर्ष अघि देखी नै लड्ने सोच् बनाएका थिए उनले l संगितमा समेत छुटै पहिचान बनाएका उनलाई इन्जिनियर भन्दा पनि र्यापर भनेर दर्शकले चिन्छन् l