बहुप्रतिक्षित फिल्म 'कबड्डी ४' को टिजर कमिङ सून भन्दै निर्देशक रामबाबु गुरुङले पोस्टर सार्वजनिक गरेका छन् l पोस्टरमा फिल्मका मुख्य पात्र दयाह्याङ राई लाई प्रस्तुत गरिएको छ l अभिनेता राई लाई पोस्टरमा हेर्ने हो भने यो अन्तिम सिरिजमा उनी फरक भूमिकामा देखिन सक्ने अड्कल काट्न सकिन्छ l दयाह्याङ राई ध्यानीको रूपमा देखिएका छन् l 'कबड्डी ४'मा दयाहाङको अलावा,  सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामालगायतको मुख्य भूमिका रहने छ । फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् ।सफल सिरिज 'कबड्डी'को अन्तिम भागका रूपमा यस फिल्मलाई निर्देशक गुरुङले बनाएका हुन् l फिल्ममा तीन सिरिजमा देखिएका सम्पूर्ण कलाकारहरूलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ ।