जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ मञ्चन हुने भएको छ l पुस ३गते देखी ९ गते सम्म मञ्चन गरिने नाटकलाई वीरेन्द्र हमालले परिकल्पना तथा निर्देशन गरेका छन् l रमेश बिजीले नाटकको रूपान्तर गरेको नाटक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले मञ्चन गर्न लागेको हो । दैनिक बिहान ८ बजे ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो नाटक मञ्चन हुने नाचघरले जनाएको छ । नाटक मञ्चन गर्नका लागि कलाकारहरू दमदार तयारीका साथ लागिरहेका छन् l नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ ।