साथी मार्टको ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहीबार राजधानी आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अबद्धतामा हस्ताक्षर गरेका हुन् । आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी  साथी मार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । २०७७ भदौ ३० गते पहिलो आउट लेट खोलेर सुरु भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन हो । सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा  ७ दर्जन बढी आउट लेट सञ्चालन गर्दै काकरभित्ता देखि दार्चुला अनि जिरी देखि ढल्केबरमा साथी मार्ट सेवाग्राहीलाई सुविधा दिएको छ । हाल मोबाइलमा एन्ड्रोइड भर्सनमा साथी मार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथी मार्टका संस्थापक सिइओ पोख्रेल बताउँछन् ।WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। साथै मार्टले हालका लागि फ्रेन्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ । साथै बेरोजगार तथा नेपालमै बसेर केही गरौँ भन्ने सोच भएका युवाहरूलाई लक्षित गरी साथी मार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एन्ड अर्न गर्ने गरी ’साथी मार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यही वर्ष कम्तीमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथी मार्टमा उपलब्ध अन्य सामान रेफर गरी तीस प्रतिशत सम्म आम्दानी गर्न सकिन्छ ।