गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत 'चोलीको तुना' सार्वजनिक भइसकेको छ । गत बिहीबार रिलिज भएको गीतको भ्युज बढ्ने क्रम जारी छ ।  सकारात्मक प्रतिकृया दिँदै गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । दर्शक श्रोता बाट सकारात्मक प्रतिकृया पाउँदा गीतका सर्जक तथा गायक कृष्ण काफ्ले खुसी छन् । सामाजिक सञ्जालमा गीतको बारेमा लेख्दै उनी भन्छन् `“चोलीको तुना” सुन्नु, हेर्नुभयो त ?लटर पटर सृजनालाई जबरजस्ती पेलेर, प्रोड्युसरको पैसामा रजाइँ गरेको बजारमा यो हाम्रो टीमले गरेको सृजनालाई, यहाँहरू सबैले देखाउनु भएको सकारात्मक प्रतिक्रियाले मनै प्रफुल्लित बनाएको छ !! फेक भ्युज हालेर हिजोको आजै लाखौँ, करोडौँ भ्युज बनाउन सकिन्छ तर आफ्नो युट्युब च्यानल ध्वस्त पारी दर्शक, श्रोताको आँखामा धुलो हाल्ने काम मैले गरिन राम्रा सृजनालाई चिन्ने र सुन्ने, हेर्ने धेरै हुनुहुन्छ सबै मुल्याङकन नेपाली गीत संगीत प्रेमी दर्शक, श्रोतालेनै गर्नुहुनेछ । गीतको रचना गर्न काफ्लेलाई राजन कार्कीले साथ दिएका छन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।

cine pati

भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।