गायक कृष्ण केसीको साथमा गायिकाहरू एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ l ‘लुम्ले डाँडैमा’ बोेलको गीतमा कृष्ण केसीकै शब्द तथा संगीत छ भने कन्सेप्ट तथा निर्देशन पनि केसीकै रहेको छ l
अनिल के मानन्धरले दृश्य कैद गरेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ । प्रवीण भट्टले भिडियोको सम्पादन गरेका हुन् । मौसम हिमालीको कोेरियोेग्राफी रहेको भिडियोलाई आफ्नो मन नामक युट्युब च्यानल बाट रिलिज गरिएको हो l