आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इकमर्स ग्यापु मार्केटप्लेसले टिकटकका स्टारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । सामाजिक विषयवस्तुमा भिडियो बनाउने, फ्यान फलोअर्स राम्रो भएका टिकटक स्टारले सम्मान प्राप्त गर्ने भ्वैस अफ नेपालको स्टुडियोमा आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । सिर्जनात्मक भिडियो बनाउनेलाई प्राथमिकतामा राख्दै ग्यापुले सम्मान गर्ने भएको हो । यस अगाडि ग्यापुले टिकटक च्यालेन्ज समेत आयोजना गरेको थियो ।
ग्यापुले घरायसी सामान जस्तै तरकारी र फलफूल, पिउने पानी, खाना पकाउने ग्यास ,खाद्यान्न, स्न्याक्स र पेय पदार्थ सँगसँगै सरसफाइका सामग्री जस्तै डिटर्जेन्ट, डिटोल ह्यान्ड वास आदिको सेवा दिँदै आएको छ ।