बुढापाकाले भन्ने गरेका छन् रुई,दुई र फुई  बिना जाडो कटाउन मुस्किल भनेर । तर यस्ता उखान त हाम्रा नेपाली नायिकाहरूले कुनै बेला थियो रे भन्ने बनाइदिइनै सके  l दिनहुँ दिन जाडो बढ्ने क्रममा छ l तर आफूलाई बोल्ड देखाउन भए पनि नायिकाहरूले लुगा तल झारी झारी  तस्बिर खिच्न होस् या कतै हिडडुल् गर्न नै उक्त लुगा लाउन भने छाडेका छैनन् l गर्मीमा त ठिकै हो नायिका ज्युहरू जाडोमा पनि यही खाले लुगा लगाएर कसरी पो बस्न सक्नु हुन्छ हो l प्रसङ्ग रह्यो नायिका वर्षा सिवाकोटीको l वर्षाले यो जाडोमा यती बेला सामाजिक सञ्जाल तताएकी छिन् l त्यो पनि  ‘हट एन्ड बोल्ड’ तस्बिर सार्वजनिक गरेर l इन्स्टा र फेसबुक पेजमा ‘माया र चुम्बन’ भन्दै निलो रंगको पहिरन लगाएर खिचेका दुई तस्बिर पोस्ट गरेकी छन् l तस्बिरमा उनको कुमबाट झरेको लुगा कुइनोसम्म आइपुगेको छ l उक्त तस्बिरमा दर्शकहरूले कमेन्ट गरेका छन् l कतिले त राम्रो कमेन्ट गरेका छन् l