बहुप्रतिक्षित फिल्म 'कबड्डी ४' को टिजर सार्वजनिक भएको छ l युट्युब च्यानल सिनेमा आर्ट बाट टिजर रिलिज गरिएको हो l टिजरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई , बुद्धि तामाङ , गौमाया ,विजय बराल , माओत्से गुरुङ लगायत कलाकारहरूलाई देखाइएको छ l  अभिनेता राई लाई टिजरमा हेर्ने हो भने यो अन्तिम सिरिजमा उनी फरक भूमिकामा देखिन सक्ने अड्कल काट्न सकिन्छ l'कबड्डी ४'मा दयाहाङको अलावा,  सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामालगायतको मुख्य भूमिका रहने छ ।

फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् ।सफल सिरिज 'कबड्डी'को अन्तिम भागका रूपमा यस फिल्मलाई निर्देशक रामबाबु गुरुङले बनाएका हुन् l फिल्ममा तीन सिरिजमा देखिएका सम्पूर्ण कलाकारहरूलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ ।