हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुन:प्रशारणमा आउने भएको छ । केही समय अघि बन्द गरिएको कार्यक्रम अब नयाँ निर्देशक र नयाँ कलाकारहरूका साथ प्रसारणमा आउने भएको हो । सोलाई अब दिनेश डिसीले निर्देशन गर्ने छन् । साथसाथै पहिलेका अब केही कलाकारहरू पनि सो मा नहुने कार्यक्रमका होस्ट जितु नेपालले बताएका छन् । कार्यक्रम कुन च्यानल बाट आउँछ भनेर चाहिँ हाल सम्म टुंगो भैसकेको छैन l