कमेडी फिल्म ‘चुरीफुरी’ को महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्री भएको छ । ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले फिल्मको राइट्स खरिद गरेको हो । ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा,शिशिर भण्डारी, सुबोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय रहेको छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो फिल्मको सह निर्माता हुन् । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको फिल्म पुस ९ गते रिलिज हुँदै छ l फिल्मले जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने ठगीको कथा उठाएको छ ।