फिल्म 'मंगलम' इन्टरनेट रिलिज भएको छ । सिनेमा घरमा हिट भएको यस फिल्मलाई निर्माण टिमले गत आइतबार युट्युब च्यानल हाइलाइट्समा सार्वजनिक गरेका हुन् l हाल सम्म फिल्मलाई ५ लाख माथि दर्शकले हेरेका छन् l साथै फिल्मले सकारात्मक प्रतिकृया पनि बटुली रहेको छ l युट्युब ट्रेन्डिङको ६ औ स्थान ओगटेको फिल्मलाई छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण गरिएको हो l फिल्म ‘मंगलम’की निर्मात्री शिल्पा पोखरेल हुन् ।
नबल नेपालले निर्देशन गरेको फिल्ममा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ लगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट अभिनेता खड्काले २०७४ सालमा सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए । पर्ख पर्ख मायालु बोलको गीतले यो फिल्मको सफलतामा साथ दिएको थियो ।