सेन्सर बिनै अब बिदेसी देश युएईमा फिल्म रिलिज हुने भएको छ l सोमबार निर्णय लागु गर्दै फिल्मलाई सेन्सर बिना नै रिलिज गरिने घोषणा गरिएको हो l अहिलेसम्म एउटा कमिटीले नियमितरुपमै फिल्म सेन्सर गर्दै आइरहेको थियो । इस्लाम विरोध विषयवस्तुलाई हटाउने गरिन्थ्यो । अब बिना कुनै काँटछाँट बिना फिल्मलाई हलमा रिलिज गर्न पाइने भएको हो l विदेशी पर्यटकलाई आकर्षित गर्न उद्देश्यले युएई सरकारले यस प्रकारको नियम लागु गरेको हो l युएईले पछिल्लो समय विदेशीलाई आकर्षित गर्न केही नियमहरू लागू गर्न थालेको छ । युएई सरकारको एक आँकडाअनुसार त्यहाँ विदेशी फिल्मका १० जना दर्शकमध्ये ९ जना विदेशी हुन्छन् । युएई ले गरेको उक्त घोषणा सँगै नेपाली फिल्म बजारलाई सहज पहुँच दिने आशा गरिएको छ । महामारीअघि नेफ्टा अवार्डले त्यहाँ राम्रो बजार सिर्जना गरेको थियो l युएई नेपाली फिल्मको ठूलो बजार समेत हो । कोभिड महामारीअघि नेपाली फिल्म निर्माताले युएईका ठूला बजार दुबई र अबुधाबीबाटै राम्रो रकम संकलन गर्थे ।