हलिउड बलिउड फिल्महरू सिनेमा हलमा नेपाली फिल्म सँग जुध्यो भने निर्माता निर्देशकहरू पानीमा रुझ्या बिरालो जस्तो हुन्छन् l तर यही नेपाली फिल्म सँग अर्को फिल्म जुध्यो भने शानले छाती फुलाएर बस्छन् l तेरो ब्यानर भन्दा मेरो ब्यानर के कम भनेर देखाउने चलन सिनेकर्मीहरुको पहिले देखिकै बानी हो l फेरी यिनै सिनेकर्मीहरु मिडियामा भने यस्तो हावादारी गफ दिएर दर्शक र फिल्म क्षेत्रमा राम्रो बन्न खोज्छन् l एक अर्कालाई सपोर्ट गरौँ , नेपाली फिल्मलाई माया गरौँ भन्दै l प्रसँग रह्यो 'कबड्डी ४' l यो फिल्म अहिले 'लक्का जवान' सँग जुध्दै छ l एउटै मितिमा यी दुई फिल्म प्रदर्शनमा आउँदै छन् l वैशाख २३ गते रिलीज मिति तय गरेको कबड्डीले अहिले लक्का जवानलाई निल्नु न ओकल्नु बनाएको छ l उक्त अवस्था आउँदा आउँदै पनि लक्का जवानले त्यही मितिमा फिल्म रिलिज गर्ने अडान लिएको छ l कबड्डी देखी रुष्ट बनेका कलाकार तथा लक्का जवानका निर्माता किरण केसीले त्यही मित मानै फिल्म बजारमा ल्याउने बताएका हुन् l कबड्डी ४’को निर्माणपक्षले देखाएको व्यवहारले आफू छक्क परेको केसीको भनाइ छ l उनी भन्छन्: ‘खै, उहाँहरूले किन जुधाउनुभयो कुन्नि । एक हप्ता अघि पछि आएको भए पनि हुने । हामीले पहिले नै प्रदर्शन मिति तोकेकाले पनि पछि हट्ने भन्ने कुरा त हुँदैन ।’ एक अर्कासँग फिल्म जुधाउने होडबाजी यो नौलो मात्र हैन l कोरोना अघि थुप्रै निर्माता निर्देशकले साना ब्यानरका फिल्मलाई तानशाही पारा देखाएका छन् l केही दिन अघि 'चपली हाइट ३' आफ्नो फिल्म सँग जुधाउन ल्याएको भन्दै कठपुतली निर्देशक भिम्सेन लामाले चपलीका निर्माता सँग रुष्ट बनेका थिए l