फिल्म ‘दी प्रेम पूजा–२’ को घोषणा भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्मको घोषणा गरिएको हो l‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको फिल्मलाई विमल पौडेलले निर्देशन गर्ने छन् l नेपाल र बेल्जियमलाई छायाङ्कन स्थल लक गरिएको फिल्म तिन दशक अघि प्रदर्शनमा आएको फिल्म 'प्रेम पूजा' को दोश्रो संस्करण हो l फिल्ममा फल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल लगायतको अभिनय रहने छ l नेपाली समाज र संस्कृतिमा फिल्मको कथा बनेको छ l फिल्ममा गीत–संगीत दयाराम दाहाल र हरि भुसालको रहेको छ भने छायाङ्कन महेन्द्र थापा तथा सह -निर्देशकको रूपमा विनय गौतम रहेका छन् । फिल्मको कथा निर्देशक पौडेलले स्वयमले लेखेका हुन् l