तारा श्रृषमगर र आरके श्रेष्ठको स्वरमा गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् l भिडियोमा केकी अधिकारी र विजु पार्कीले अभिनय गरेका छन् ।

 

भिडियोमा विकास दाहालको सम्पादन, दीपकमान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन समावेश छ ।  भिडियोलाई युट्युब च्यानल ओ. एस् आर.डिजिटल बाट हेर्न सकिन्छ l