सेलिब्रेटी नेपालको आयोजनामा ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ नेरुफ हुने भएको छ । माघको अन्तिम साता बाट हुने तीन दिने महोत्सवमा विभिन्न भाषा-भाषीका फिल्म तथा मोबाइलबाट खिचिएका फिल्मलाई पनि प्रदर्शन गरिने छ l महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्म प्रदर्शन गरिने छ l ग्रामीण बजारमा नेपाली फिल्मलाई पुर्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाको भनाइ छ l साथै दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई राशिसहित अवार्ड प्रदान पनि गरिने छ l महोत्सवमा फिल्मकर्मी र तथा ग्रामीण दर्शकबिच अन्तरक्रिया पनि हुने छ l महोत्सव स्थल भने आयोजकले हालसम्म तोकेका छैनन् ।