हास्य कलाकार किरण केसी उर्फ राता मकैको आवाजमा हनुमान भजन सार्वजनिक भएको छ । केसीकै शब्द  रहेको `जय श्री हनुमान´ मा संगीत बाबुल गिरिले भरेका छन् । मुकेश हुमागाईँको दृश्य कैद , विनोद बमको सम्पादन/रंग संयोजन रहेको भिडियोमा किरण केसी, देवेन्द्रमान सिंह, टीका ढकाल, सुश्मा केसी, मिरा केसी र सखी थापाको अभिनय देख्न सकिन्छ ।

कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोलाई किरणकै आधिकारिक युट्युब च्यानल `किरण केसी´ सर्च गरेर हेर्न सकिन्छ ।