द नैसेन्स फ्याल्यांक्सको प्रस्तुतिमा म्युजिक भिडियो `मनको चोखो माया' इन्टरनेट रिलिज भएको छ । राज कुम्भको शब्द, महेश ताम्राकारको संगीत तथा मेघराज राईको स्वर रहेको गीतलाई द नैसेन्स फ्याल्यांक्सकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
अनिल सुब्बाको निर्देशन भिडियोमा देख्न सकिन्छ । मणि के राईको नृत्य निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन जे.डी. तमुले गरेका हुन् । भिडियोमा कुसुम गुरुङ, रूपेश लामा, कवि राई, सुरज तमु फिचर्ड छन् ।