मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ काठमाडौँ फर्किएकी छिन् । द मिस वर्ल्ड स्थगित भए पछि उनी नेपाल फर्किएकी हुन् । कोरोनाको नयाँ भेरिएन्ट देखिए सँगै अन्य प्रतिस्पर्धिहरुमा पनि कोरोना पुस्टी भए पछि आयोजकहरूले कार्यक्रम स्थगित गरेका हुन् । द मिस वर्ल्डको अन्तिम चरण पुगी सकेको छ । फिनालेको समयमा कार्यक्रम स्थगित भए पछि श्रेष्ठ गत सोमबार टर्किस एयरलाइन्सको जहाजबाट सोमबार अपराह्न काठमाडौँ आइपुगेकी हुन् । मिस वर्ल्डको यो संस्करणमा नम्रता अन्तिम ३० भित्र प्रवेश गरिसकेकी छिन् । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र पुनः फिनाली आयोजना गर्ने जनाइएको छ ।