पारिश्रमिकको कुरामा नायक अनमोल केसी पहिलो नम्बरमा छन् l अभिनयमा जसले जे भने पनि अनमोलको क्रेज भने थोरै पनि घटेको छैन l अभिनयलाई लिएर जति नै उनको विरोध भएपनी उनको चर्चा झन् चुलिँदो छ l उनी आफ्नो ब्रान्ड भ्यालु अनुसार नै पारिश्रमिक लिने बत्ताउँछन् l ‘ईम्पायर इन्टरनेशनल एजुकेसन एन्ड भिसा सर्भिसेस’ले ब्रान्ड एम्बासडर नियुक्त भएका अनमोललाई पत्रकारले तपाईँको ब्रान्ड भ्यालु कति हो भन्ने प्रश्नमा अनमोलले ‘मेरो नाम जस्तै मेरो ब्रान्डको कुनै मूल्य नै छैन ।’ भने अभिव्यक्ति दिएका हुन् l काठमाडौँको एभरेस्ट होटेलमा बुधवार आयोजना भएको पत्रकार सम्मेलनमा अनमोललाई उक्त प्रश्न गरिएको थियो l साथ साथै उनले आफू यस ब्रान्ड सँग जोडिन पाउँदा निक्कै नै खुसी भएको बताएका थिए l थप् उनले कार्यक्रममा बोल्दै ‘अस्ट्रेलियामा विद्यार्थीहरूलाई अध्ययनका लागि पठाउँदै आएको ईम्पायरसँग जोडिन पाउँदा खुसी लागेको छ । मलाई आशा छ, ईम्पायरबाट अस्ट्रेलिया गएर नेपाली विद्यार्थीहरूले धेरै कुरा सिक्नुहुनेछ र सिकेको कुरालाई नेपाल फर्किएर लागू गर्नुहुनेछ ।’ईम्पायरका प्रमुख स्वतन्त्र प्रताप शाहले अनमोलसँगको व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्रान्ड एम्बासडर नियुक्त गरेको अभिव्यक्ति दिएका थिए ।