विश्व फिल्मको सर्वोच्च अवार्ड ९४ औँ अस्करले ९२ वटा मुलुकका फिल्ममध्येबाट १० विधाको मनोनयन घोषणा गरेको छ । १५ वटा फिल्म डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सब्जेक्टमा १५ फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङमा १० फिल्म, ओरजिनल स्कोर म्युजिकतर्फ १५ फिल्म, म्युजिक ओरजिनल सङतर्फ १० गीत छानिएका छन् । दक्षिण एसियाली मुलुक भुटानको ‘लुनाना : अ याक इन द क्लासमरुम’ मनोनित भएको छ । जनवरी २७ देखि मनोनित फिल्ममाथि मतदान हुनेछ र समापन चाहिँ फेब्रुअरी १, २०२२ मा हुने भएको छ । ध्वनि विधातर्फ ड्युन, द म्याट्रिक्स, नो टाइम टु डाइसहितका १० फिल्म मनोनित भएका छन् । भिजुअल इफेक्टतर्फ ब्ल्याक विडो, ड्युन, इटर्नल्स, म्याट्रिक्स, स्पाइडरम्यान नो वेम होम लगायत मनोनित भएका छन् । मार्च २७, २०२२ मा हलिउडको डल्बी थिएटरमा आयोजना हुने अवार्डको मनोनयन घोषणा चाहिँ फेब्रुअरी ८, २०२२ मा हुने  छ । यसवर्ष नेपालले अस्करमा कुनैपनि फिल्म पठाएको छैन l