अभिनेता रमित ढुंगानाले नयाँ फिल्म बनाउने भएका छन् l उनले एसिड आक्रमणमा परेको मुस्कान खातुनको जीवनमाथि फिल्म बनाउन लागेका हुन् l उक्त बायोपिकको नाम उनले 'मुस्कान' राखेका छन् l अबको एक महिना बाट फिल्म फ्लोरमा लाने रमितको भनाइ छ l फिल्ममा नायिका सञ्चिता लुइँटेल रहने बुझिएको छ l मुस्कानको आमाको भूमिकामा सञ्चिता हुन सक्ने प्रबल सम्भावना रहेको छ l यसको साथै मुस्कानको भूमिका भने मुस्कान स्वयमले निभाउने छिन् l दाङमा पत्रकारसँग साक्षात्कार कार्यक्रममा उनले फिल्मको घोषणा गरेका हुन् l