नेपालमा कमै मात्रामा बन्ने हरर जनराको फिल्म 'कठपुतली 'को पहिलो गीत सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको एकल स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा फिल्मका केही डरलाग्दा दृश्य समावेश गरिएको छ ।  एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरुले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथी गर्ने शोषण, बलत्कार जस्ता कामबाट आजित महिलाहरुले मृत्युपरान्त लिएको बदलालाई कथाको रुप दिइएको बताइएको छ ।

फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लका अनुसार हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली फिल्मभन्दा यो फिल्म भिन्न रहेको छ र त्यसै कारण उनले यो फिल्म बनाएकी हुन् । फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने भिमसेन लामाले निर्देशन गरेका हुन् ।कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्म पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।