नेपाली रंगमञ्चमा सुनिल पोख्रेल एक परिचित नाम हो l रंगमञ्चलाई आज यो स्थान सम्म ल्याउन उनको ठुलो भूमिका रहेको छ l गुरुकुल स्थापना गरेर थुप्रै कलाकारहरूलाई जन्म दिएका उनले पुनः बन्द भएको गुरुकुललाई उठाउने तयारी गरी रहेका छन् l एक दशक अघि बन्द भएको गुरुकुलले फेरी नयाँ जन्म लिने भएको छ l थापागाउँस्थित गुञ्ज थिएटरको एउटा हल एक वर्षका लागि गुरुकुलका नाममा सञ्चालन हुने भएको हो l काठमाडौँ महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि गुरुकुल फेरी सञ्चालनमा आउने भएको हो l यसको लागि महानगरपालिका सँग एक वर्षका लागि सम्झौता पनि भैसकेको छ l गुरुकुललाई पुनः सञ्चालन गर्ने पहिलेदेखि नै मन भएतापनी पैसा र स्थानको अभावले गर्दा गुरुकुलले जन्म लिन न सकेको सुनिलको भनाइ छ l दीर्घकालीन गुरुकुलका लागि आफ्नै जग्गा भने अहिले सम्म भेटिएको छैन । थप्प उनी भन्छन् फेरि अहिले गुरुकुल सुरु हुन लागेको छ, यो मेरो जीवनको निभ्न लागेको बत्ती हो । बत्ती निभ्नुअघि चहकिलो हुन्छ रे । यो चहकिलो पनि निभ्नका लागि हो कि भन्ने डर पनि लाग्छ । यही ३० पुसदेखि औपचारिक रूपमा गुरुकुल टिम नाटक मञ्चनको पनि लागि जुटेको छ । साथै १० गते बाट नाटक रिहर्सल पनि सुरु हुँदै छ l नयाँ वर्षको असार मसान्त सम्म गुरुकुलमा पुरानै नाटकहरू मञ्चन हुने छन् l ‘डल्स हाउस’, ‘ताराबाजी लै लैै’,‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ र एउटा नयाँ नाटक मञ्चन गरिनेछ । नाटकमा पुरानै कलाकारहरू सँगै नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l