रंगकर्मी पत्रकार प्रकाश सुवेदी विरुद्ध नायिका वर्षा सिवाकोटीले उजुरी हाल्दै कारबाहीको माग गरेकी छिन् । ए पि वान टेलिभिजन बाट प्रसारणमा आउने कार्यक्रम रजटपटमा आफ्नो व्यक्तिगत कुरा निकालेर घोच पेच्च गरेको भन्दै उनले सुवेदीलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा निवेदन हालेकी हुन् । अन्य कुरा भने उनले पछि नै थाहा हुने र अहिले नै धेरै बोल्दा ठिक नहुने उनले मिडियामा बत्ताएकी छिन् ।