रिलिजको समय नजिकिँदै गर्दा फिल्म `चपलि हाइट ३´ विवादमा आएको छ ।  आफूले काम गरेको पारीश्रमिक नपाएको भन्दै फिल्म भित्रकै कलाकारहरूले `चपली हाइट´ लाई विवादमा ल्याएका हुन् ।  कलाकार अमिर गौतमले काम गरे बापत आफ्नो पारिश्रमिक नपाएको सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन्  उनी लेख्छन् : ३ दिन पानीमा भिजेर सुटिङ सक्काएको फिल्मको पैसा त आउँदैन भने अरू को के हालत होला´ उनको यो कमेन्टमा अन्य कलाकारहरूले पनि सहमत जनाएर कमेन्ट गरेका छन् । आमिरको फेसबुक स्ट्याटसमा ‘चपली हाइट ३’ का दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो रूपमा आफूहरूले पनि पारिश्रमिक नपाएको बताएका छन् । 

 

cine pati

लक्ष्मीले अमिरको स्ट्याटसमा कमेन्ट गर्दै लेखेकी छन्, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’ उनको यो कमेन्टमा स्वस्तिमाले ठट्यौली शैलीमा लेखेकी छन्, ‘लक्की चार्म भिजेपछि चार्म हरायो जस्तो छ ।’ लक्ष्मीको कुरा सुन्दा उनले पनि ‘चपली हाइट ३’ बाट पैसा नपाएको स्पष्ट हुन्छ । यस विषयमा बुझ्दा फिल्मका निर्माता अर्जुन कुमारले कलाकारहरूलाई एग्रीमेन्ट पेपर ल्याएर भेट्न सल्लाह दिएका छन् । यति भने पछि उनले अन्य कुरा भने बोल्न नचाहेको अभिव्यक्ति दिएका थिए । फिल्म यही पुस १५ बाट प्रदर्शनमा आउँदै छ ।